केएमसीका विद्यार्थीको आन्दोलनप्रति ७ विद्यार्थी संगठनको ऐक्यबद्धता

काठमाडौं, २९ पुस । शुल्क वृद्धिको विरोधमा काठमाडौं मेडिकल कलेज ९केएमसी०का विद्यार्थी अहिले आन्दोलनरत छन् । केएमसीमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा काठमाडौ मेडिकल कलेज सिनामंगलमा जारी रिले अनसनमा संयुक्त विद्यार्थी संगठनले आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले मेडिकल कलेजमा विद्यार्थी माथि भएको दमन, ठगी र ज्यादती विरुद्ध  विद्यार्थीहरूको जारी रिले अनशन र आन्दोलन प्रति ७ विद्यार्थी संगठनले ऐक्यबद्धता प्रकट गरेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको