हिमालयन बैंकको शाखा अब अब कञ्चनपुरमा

काठमाडौं, २९ पुस । हिमालयन बैंक लिमिटेडले थप एक शाखा विस्तार गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले पुस २६ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सुदूरपश्चिम प्रदेशको आठौँ शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण बैंकिङ सेवासहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।

हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४८ र ५ हजारभन्दाबढी पीओएस टर्मिनल संख्या छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको