पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन: अध्यक्ष लिङ्देन

काठमाडौं, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्यहरू मनोनयनको क्रममा कसैलाई पनि पक्षपात नगरेको बताएका छन् । बुधवार नवनिर्वाचित मनोनीत पार्टी सदस्यहरूलाई पार्टी कार्यालयमा शपथ खुवाउँदै लिङ्देनले आफूलाई लागेको पक्षपातको आरोप झुट भएको भन्दै निष्पक्ष ढङ्गले पार्टी सदस्यहरू मनोनीत गरेको स्पष्ट पारेका हुन् ।

उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त रूपले अगाडी बढाउने बताए । अध्यक्ष लिङ्देनले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित लगायतका मुद्दाहरूलाई लिएर अगाडी बढ्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको