नेपाल बङ्गलादेश बैङ्कसहित यी कमपनीको कारोबार सर्वाधिक

काठमाडौं, २८ पुस । नेप्सेमा आज उच्च अङ्कको गिरावट आएपनि ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको  छ। बुधवार सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैङ्कको शेयर कारोबार भएको हो । बैङ्कको आज शेयर मूल्य ४ सय रुपैयाँ कायम २८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार आज हाइड्रोइलेक्ट्रिसिटीको २७ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अपि पावर कम्पनीको २४ करोड ७० लाख, अपर तामाकोशीको २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य ७०० कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको