नेप्सेमा आज ३० अङ्कले घट्दा ८ अर्बको कारोबार

काठमाडौं, २८ पुस । शेयर बजारमा आज ३० अङ्कको गिरावट आएको छ । साताको चौथो दिन बुधवार आज नेप्से परिसूचक ३० दशमलव ५१ अङ्कले घटेर २८ सय ३ दशमलव ६२ विन्दुमा रोकिएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव ४ अङ्कले घटेर ५२१ दशमलव ८३ विन्दुमा थामिएको छ ।

आज २२९ कम्पनीको ८ अर्ब ३३ २१ लाख २ हजार ७४२ रुपैयाँ बराबरको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैङ्कको कारोबार सर्वाधिक भएको छ । कर्पोरेट डेभलपमेन्ट बैङ्क र निफ्राको आज १० प्रतिशतले शेयरमुल्य वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको