गायक यम बरालले दोस्रो विवाह गरेकी गीता को हुन् ?

काठमाडौं, २८ पुस । विगत १० वर्षदेखि एकल जीवन बिताउँदै आएका चर्चित गायक यम बरालले दोस्रो पटक विवाह गरेका छन् । पुर्वपत्नी आकृति राणासँग २०११ मा सम्बन्ध विच्छेद गरेका बरालले दोस्रो पटक गीता शिवाकोटी  उर्फ गीताञ्जली शर्मासँग मङ्सिर मा विवाह गरेका हुन् ।

गीता नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील छिन् । उनीहरुले यही मङ्सिर मा विवाह गरेका खबर बाहिरिए पनि बरालले भने विवाह बारे केही बताएका छैनन् ।

गीता काँग्रेसको १४औँ महाधिवेशनमा महिला खुल्ला तर्फबाट बाग्मती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन् । उनी पराजित भएकी हुन् ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको