लता मंगेशकरलाई कोरोनासँगै निमोनिया

एजेन्सी, २८ पुस । भारतको चर्चित गायिका लता मंगेशकरको कोरोना संक्रमण भएपछि आइसियुमा राखेर उपचार भइरहेको छ ।

उनको उपचारमा संलग्न मुम्बईको ब्रीच केण्डी अस्पतालका चिकित्सकको अनुसार मंगेशकरलाई कोभिड–१९ सँगै निमोनिया संक्रमण पनि भएको छ। उनी अहिले पनि आइसियुमा रहेको र अझै १०–१२ दिन निगरानीमा रहने चिकित्सकले बताएका छन् ।

कोरोना संक्रमण भएपछि ९२ वर्षकी मंगेशकरलाई मङ्गलवार अस्पताल भर्ना गरिएको हो। पाको उमेरको भएका कारण उनलाई निको हुन बढी समय लाग्ने चिकित्सकहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको