माछापुच्छ्रे बैङ्कद्वारा लैनचौर प्रहरी वृत्तलाई सडक ब्यारीगेट प्रदान

काठमाडौं, २८ पुस । महानगरीय प्रहरी वृत्त लैनचौरलाई माछापुच्छ्रे बैङ्कले तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । बैङ्कले सडक सुरक्षालाई मध्यनजर गर्दै उक्त सामाग्री प्रहरीलाई हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमबिच बैङ्कका वागमती प्रदेश प्रमुख निरजमान सैजुले ती सामग्री हस्तान्तरण गरे । कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोहृखुट्टेका प्रमुख डिएसपी दुर्गाप्रसाद खनाल पनि उपस्थित थिए ।

बढ्दो सडक दुर्घटना र सडकमा हुने विभिन्न प्रदर्शनहरूलाई मध्यनजर गर्दै सर्वसाधारणको सुरक्षाको लागि सडक ब्यारिगेट हस्तान्तरण गरिएको बैङ्कले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको