अब शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा

काठमाडौँ, २८ पुस । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ । पौष २१ गते बुधवार बनेपा–६ को गोदाम चोकमा आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको शाओमीले मङ्गलवार बालाजु, नयाँ बसपार्कको बि.जी. मलमा पनि आफ्नो नयाँ स्टोर खोलेको हो । शाओमीले आफ्नो स्टोरहरूको संख्या दोब्बर बनाउने उद्देश्य पुरा गर्न नेपालभरि नयाँ र आधुनिक स्टोरहरू खोल्ने योजना बनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, “यी नयाँ स्टोरहरू खुले पछि हाम्रा ग्राहकहरूलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पुरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरू हाम्रो यी नयाँ स्टोरहरूमा आउनुहुनेछ र हाम्रो नयाँ–नयाँ उत्पादनहरू मन पराउनुहुनेछ ।”

कम्पनीको अनुसार यो मोडलले नेपालमा नयाँ र आधुनिक स्टोरहरू खोल्दै ग्राहकहरूलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरू जस्ता सम्पूर्ण रिटेलको कामहरू मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् । यी शाखाहरूको सम्पूर्ण रिटेल प्रक्रियाहरू शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शिता कायम कम्पनीले जनाएको छ । जसको फलस्वरुप मि को ग्राहकहरूले थुप्रै फाइदाहरू लिन सक्नेछन् । रिटेल प्रकृयाको हरेक चरणमा उनीहरूले ब्रान्डसँग सिधै अन्तरक्रिया  गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुने दाबी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको