जनकल्याण सहकारीको १ करोड ८३ लाख ५० हजार ९ सय शुद्वनाफा गर्न सफल 

परासी, २७ पुस । नेपाली काँग्रेस पार्टी लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले देशको आर्थिक रूपान्तरणमा सहकारीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन । बर्दघाट नगरपालिकाको वडा नं. ९ रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिको २९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गदै खनालले सहकारीहरूको नेपालमा ६ प्रतिशत आर्थिक रूपान्तरण योगदान गरेको बताए ।

उनले आर्थिक सामाजिक र समाजलाई परिवर्तन गरेको भन्दै सहकारीले सदस्यहरूलाई आत्मा निर्भर बनाउनको लागि कृषि क्षेत्र र उत्पादनमा जोड दिनुपर्ने बताए ।अब सहकारीहरूले ऋण बचतमा सीमित  नभई उद्यमशीलता लगानी र उत्पादनमूलकमा जोड दिन जरुरी जोड दिए ।

साधारणसभामा सचिव सागठनिक प्रतिवेदन, कोषाध्यक्ष आर्थिक प्रतिवेदन पारित गरेको थियो । संस्थाको कुल सेयर ४ करोड २५ लाख ५२ हजार रहेको छ भने ३७ करोड ८५ लाख ६६ हजारको ऋण लगानी गरेको ऋण उपसमितिका संयोजक प्रकाश न्यौपाने जानकारी दिए ।

संस्थाले १ करोड ८३ लाख ५० हजार ९ सय शुद्वनाफा गरेको संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीले बताए ।संस्थामा पुरुष २ हजार २ सय ८७ जना र महिला २ हजार ६ सय ६६ जना गरी कुल ४ हजार ९ सय ५५ जना रहेको सचिव दीपक थापा क्षेत्रीले जानकारी दिए ।साधारणसभामा उत्कृष्ट काम गरेको संस्थाका व्यवस्थापक यामलाल खरेललाई पुरस्कृत गरेको तियो । संस्थाका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षातामम भएको कार्यक्रममा लुम्बिनी प्रदेशस्तरीय बचत तथा ऋण संघ अध्यक्ष कृष्ण नेपाल,लगायतले शुभकामना राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको