मैलुङ खोला जलविद्युतले ७ लाख कित्ता साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं, ६ साउन । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले साउन १४ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित दरका ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

सर्वसाधारणका लागि छुट्टाइएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानीमा बिक्री गर्ने कम्पनीले जनाएको छ । शेयर खरिद गर्न न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म गर्न सकिनेछ ।

कर्मचारी र सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको