नेप्सेमा आज ४९ अङ्कको वृद्धि, अपि पावरको सर्वाधिक कारोबार

काठमाडौं, २७ पुस । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा उच्च अङ्कको वृद्धि भएको छ । आज नेप्से ४९ दशमलव १९ अङ्कले वृद्धि हुँदा परिसूचक २८ सय ३४ दशमलव १३ विन्दु कायम भएको छ ।

नेप्सेमा आज २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको कारोबार भएको छ ।

आज शेयर बजार नेप्से उच्च अङ्कले वृद्धि हुँदा केही कम्पनीको शेयर मूल्यमा सर्वाधिक वृद्धि भएको छ । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा वृद्धि भएको छ । आज नेपाल फाइनान्स कम्पनी, पोखरा फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, सिभिल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।

शेयर बजारमा आज अपि पावर कम्पनीको शेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको आज १६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य मंगलबार ५ सय १० रुपैयाँ कायम भएको छ ।

नेप्सेको अनुसार आज शेयर मूल्य ८९४ रुपैयाँ कायम भई गोर्खाज फाइनान्स कम्पनीको १६ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको १५ करोड ६४ लाख, नेपाल टेलिकमको १३ करोड ८२ लाख र नेपाल पुनर्बीमाको ११ करोडमाथिको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको