नोबेल मेडिकल कलेजका संचालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै गृहमन्त्री खाँडलाई ध्यानाकर्षण

काठमाडौं, २७ पुस । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने विभिन्न कलेजलाई छानबिन गरि कारबाही गर्न माग गर्दै आज संयुक्त विद्यार्थी संगठनले गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण गराएको छ । संगठनले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सम्बन्धित कलेजका संचालकहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै मन्त्री खाँडलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

नोबेल मेडिकल कलेजमा उत्पन्न विवादमा सहजीकरण गर्न गएको विद्यार्थी प्रतिनिधिहरूमाथि कलेज प्रशासन र संचालकका भिजिलान्ते गुन्डाहरूले सुरक्षा गार्डको पोसाक लगाएर विद्यार्थीहरू माथि ढुंगामुढा गरेको संगठनले आरोप लगाएको  छ।

विद्यार्थी संगठनले सम्बन्धित कलेजमाथि छानबिन गरि दोषीलाई कानुनी कारबाही र विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने र अभिभावकहरूलाई धम्कि दिएको विरोधमा विद्यार्थीहरूले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको सोमबार विज्ञप्ति मार्फत सात विद्यार्थी संगठनले जानकारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको