नेपाल एकीकरणमा राज ज्योतिष कुलानन्द ढकालको योगदान

काठमाडौँ, २७ पुष। आज ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छिन् ।

नेपाल एकीकरण हुनुमा ढकाल कुलबन्धुहरूको पनि योगदान रहेको विभिन्न पुस्तकमा उल्लेख गरिएको छ । नेपालको एकीकरणको सन्दर्भमा ढकालहरू २२ र २४ राज्य हुँदा राजगुरु, राजसल्लाहकार र राजज्योतिषी भएको प्रमाण पुस्तकहरूबाट पुष्टि गर्न सकिन्छ ।

अछामबाट स्याङ्जातर्फ बसोबास गर्न हिँडेका ढकालहरू स्याङ्जाको सातौ राज्यको (राजगुरु हिरामणि ढकाल) भए । हिरामणि (विक्रम संम्बत १६१५) एक ज्योतिषविद्  थिए । उनका तिन जना छोरा थिए । तिनै जना छोराहरूमा पनि बुवाको जस्तै क्षमता, योग्यता, विद्या र पराक्रम थियो।

पहिलो सन्तान हेमन्त ढकाल, महिला छोरा वसन्त ढकाल (सेन वंशज पाल्पाली) राजाका राजगुरु थिए । र कान्छा छोरा सामन्त ढकाल (बागलुङ गलकोट) राजाका राजगुरु थिए । हिरामणि ढकाल कै  वंशज कुलानन्द ढकाल श्री ५ बडा महाराजधिरज  पृथ्वी  नारायण  शाहका राजगुरु, राजसल्लाहकार, ज्योतिषविद् थिए । कुलानन्द ढकालले साइत हेरी पश्चिममा लडाई गर्न जाँदा सर्बत विजय गरिएको कुरा छ ।

कास्कीका राजा कुलामन्डन शाहको वंशज प्रताप शाहको छोरीको विवाह ढकालसँग भएको पुस्तकमा लेखिएको छ । ढकाल थर बालाहरू खत्री, छेत्री हुनुमा यो विवाह गरिएको कुरा। ८८(स्रोत : पुराना ढकाल अगराजबाट र कास्कीकोट दरबारका पुजारी) ८८ यसकारण कास्कीका ढकालहरूले लालमोहर गुठी (विक्रम सम्बतः १८६८)पाएको सम्भावना छायो राष्ट्र अनि समाजलाई परिष्कृत बनाउन सदैव हाम्रा पुर्खाले दिएको योगदान इतिहासमा कहिल्यै नमेटिने गरी रहिरहनेछ ।

कुलाननादको योगदान राष्ट्रिय एकीकरणको सन्दर्भमा के थियो ? वडामहाराज  पृथ्वीनारायण  शाहलाई  नुवाकोट विजय गर्ने उत्तम साइतको एउटा प्रसङ्ग निकै रोचक छ । यसले उहाँमा भएको ज्योतिषीय ज्ञानको भण्डारको आँकलन गर्न सकिन्छ। ‘नुवाकोट हान्ने साइतको समय लेखिएको कागÞजÞ राजाको हातमा दिँदै कुलानन्दले भने मैले निकालेको साइतमा प्रस्थान गर्नु पर्छ । नदी तर्दा जलकपुर माछा उफ्रिएर तपाईँको डुङ्गामा पर्न आउने छ । ढुङ्गामा माछा पर्न आयो भने मानिलिनुस हामीले लडाई जित्यौ । नुवाकोट हाम्रो भयो ।’

ज्योतिर्विद कुलानन्द ढकालले तोकेको रातको समयमा जलेवा माझी आफ्ना भाइ छोराहरूलाई लिई त्रिशूली नदीको शुभघाटमा डुङ्गा लगी तैयारीमा रहे । गोरखाली फौजले प्रस्थान गर्ने समय हुन थाले पछि गुरु पुरोहितहरूले दीप कलश र गणेशको विधि पूर्वक पूजा गरे । पुण्य वाचन गर्दै ब्राह्मणहरूले युद्धमा विजयका लागि आशीर्वचन दिँदै जय घोष गरे । ब्रामह्णणहरूको जय घोष पछि कुलानन्द ढकालले राजा पृथ्वी नारायण शाहलाई प्रस्थानका लागि निवेदन गरे । उनले भनेकै साइतको समयमा नै पृथ्वीनारायण शाहले डुङ्गामा आफ्नो पाउ राखे । राजा डुङ्गामा बसे पछि जब जलेवा माझीले बहाना चलाई डुङ्गा खियाउन थाल्यो, तब त्रिशूली गङ्गाको रहबाट जलकपुर माछा उफ्रिएर राजाको अगाडि डुङ्गामा पर्न आयो । कुलानन्द ढकाल त सिद्ध नै रहेछन् भन्दै पृथ्वीनारायण शाहले माछा उफ्रिएर डुङ्गामा परेकोमा हर्ष व्यक्त गरे ।

नेपालीहरूलाई सङ्गठित, एकीकृत नेपाल र एकीकरण गर्नु श्री ५ बडा महाराजधिरज पृथ्वी नारायण  शाहको अभियानमा ज्योतिषविद् कुलानन्द ढकालबाट धेरै साथ, सहयोग र योगदान रहको छ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको