उपत्यकामा आजदेखि फाइजर तथा मोडेर्ना खोप लगाइँदै

काठमाडौँ, २७ पुस । काठमाडौँ उपत्यकामा आजदेखि १२ देखि १७ वर्षका बालबालिकाहरूलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ ।
स्वास्थ्य मन्त्रालयको अनुसार आजदेखि फाइजर र मोडेर्ना खोप काठमाडौँ, ललितपुर र भक्तपुरका सबै स्थानीय तहबाट खोप दिइने भएको हो ।

मन्त्रालयले सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो । पहिलो मात्रा लगाएको चार हप्तापछि दोस्रो मात्रा खोप लगाइने मन्त्रालयको योजना छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको