कामना विकास बैंक र नमस्ते पेबीच सम्झौता

काठमाडौं, २७ पुस । कामना सेवा विकास बैंकले नमस्ते पेसँग अनलाइन भुक्तानीको लागि साझेदारी गरेको छ । सम्झौता पत्रमा बैंकका सीईओ प्रवीण बस्नेत र नमस्ते पेका सीईओ कृष्णप्रसाद भण्डारीले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

यस सुविधामार्फत बैंकको मोबाइल बैकिङ सेवा ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङमार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, विद्युत महसुल, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप लगायतका डिजिटल भुक्तानीका सुविधा लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको