नवलपरासीमा जिल्लाकै पहिलोपटक राष्ट्रिय परिचयपत्र दर्ता विवरण अभियान सुरु हुने

- जिल्लामा सबैभन्दा पहिलो बर्दघाट नगरपालिकाबाट सुरु गरिने

परासी, ६ साउन । पश्चिम नवलपरासीमा राष्ट्रिय परिचयपत्र दर्ता विवरण अभियान भोलिदेखि सुरु हुने भएको छ । पश्चिम नवलपरासीमा जिल्लामा पहिलो पटक राष्ट्रिय परिचयपत्र दर्ता विवरण अभियान भोलिदेखि सुरु हुने भएको हो ।

राष्ट्रिय परिचयपत्र दर्ता पञ्जीकरण विभागले आयोजना गरेको राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता तथा अभियान सम्बन्धी अन्तरक्रियाका जानकारी दिँदै विभागकी निर्देशक विनीता भट्टराईले सबै नागरिकलाई घरदैलोमा र सहज रूपमा सेवा पुर्याउने उद्देश्यले अनुरूप पश्चिम नवलपरासीको सातवटै स्थानीय तहकामा संचालन हुने भएको जानकारी दिए । उनको अनुसार सातवटै स्थानिय तहहरुको प्रत्येक वडा वडामा विवरण संकलन कार्य गर्ने बताइन । जिल्लामा सबैभन्दा पहिलो बर्दघाट नगरपालिकाबाट सुरु गरिने भट्टराईले बताइन । यो अभियानमा १६ वर्ष माथिका सबै नागरिकहरूलाई व्यक्तिगत विवरण संकलन कार्य हुने बताइएको छ । यो अभियान १३ जिल्लामा सकिएको र अब १५ जिल्लामा अभियान संचालनमा रहेको विभागले जनाएको छ ।

नागरिकले राष्ट्रिय परिचयपत्र लिएका सामाजिक सुरक्षा भत्ता, बिजुलीको विल तिर्न, खानेपानीको महसुल तिर्न, कर तिर्न, बैक खाता खोल्न , हरेक किसिमका निजी तथा सरकारी क्षेत्रबाट पाउने सेवा सुविधा लिनको लागि कार्डको महत्त्व रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विनीता भट्टराई जानकारी दिइन ।

जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता विवरण तयार गर्ने ४५ वटा केन्द्र तोकिएको उनले बताइन । एक वाडमा जनतालाई पायक र आवश्यकताका आधारमा १ देखि ६ वटा स्थान रहने छन् । अभियान संचालनको  लागी आवश्यक जनशक्ति र उपकरण सहित पश्चिम नवलपरासीमा टोली तयारी अवस्थामा रहेको विभागले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले सबै पालिकाका यो अभियानलाई साथ र सफल पार्न महत्त्वपूर्ण योगदान रहेको भन्दै सबै मिलेर अभियानलाई सफल पार्न आग्रह गरेका थिए ।

यस्तै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले राष्ट्रिय परिचय पत्रमा व्यक्तिका सबै कुराहरूको विवरण उल्लेख हुने भन्दै यो कार्यक्रम महत्त्वपूर्ण हुने भएकाले यसको कार्यान्वयन गर्न र यसलाई सफल पार्न सबै लाग्नुपर्ने जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको