प्रधानाध्यापक बर्णबाललाई सिद्धार्थ माविमा स्वागत

वीरगंज, २६ पुष। सिद्धार्थ माध्यमिक विद्यालयमा चिनी कारखाना वीरगन्जका नवनियुक्त प्रधानाध्यापक अनिल कुमार बर्णबाललाई आइतबार एक समारोहका बिच विद्यालय प्राङ्गणमामा स्वागत गरिएको छ। श्रीपुर विद्यापीठ माध्यमिक विद्यालयबाट सरुवा भई सिद्धार्थ माविमा आइतबारदेखि हाजिर हुन विद्यालय पुग्नु भएका प्रधानाध्यापक बर्णबाललाई विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी एवम् अभिभावकहरूले स्वागत एवम् सम्मान गरेका हुन।

विद्यालयका निमित्त प्रअद्वय प्रेमी रौनियार र रामअव्धेश यादवको अध्यक्षतामा आयोजित स्वागत एवम् सम्मान कार्यक्रममा सिद्धार्थ माविका नवनियुक्त प्रअ अनिल बर्णबाल, माइस्थान विद्यापीठका प्रअ मिर्त्युन्जय अन्सारी, विद्यालयको तर्फबाट कृष्ण यादवले सम्बोधन गरेका थिए । कार्यक्रम विद्यालयका सम्पूर्ण शिक्षक एवम् बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको