आज २८ सय नयाँ संक्रमित थप, काठमाडौँमा मात्रै ६९७ जना

काठमाडौं, ६ साउन । आज नेपालमा कोरोना भाइरसका  २ हजार ८ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७२ हजार ८ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ४  सय ७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३६ हजार ४ सय ३ जना संक्रमणमुक्त भएको छन् ।
त्यस्तै, कोरोना संक्रमणबाट आज थप ३० जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७  पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ६ सय ९७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा काठमाडौँमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको