काठमाडौंमा २ दिने ‘उमा खुल्ला कराँते प्रतियोगिता’ हुने

काठमाडौं, २३ पुस । नेपाल गुजुकाइ कराँते–डो संघको आयोजनामा काठमाडौंमा २ दिने ’उमा खुल्ला कराँते प्रतियोगिता’ हुने भएको  छ।
काठमाडौं महानगरपालिकाको सहयोगमा आयोजना हुन गइरहेको उक्त प्रतियोगिता यही पौष २६ र २७ गते काठमाडौँको चाबहिल स्थित स्मार्ट पार्टी प्यालेसमा हुने संघका उपाध्यक्ष अच्युतराज उप्रेतीले जानकारी दिए ।

कोरोनाको कारण खेल क्षेत्र प्रभावित भइरहेको र विभिन्न प्रतियोगिता आयोजना हुन नसकेको अवस्थामा खेलाडीहरूको मनोबल उच्च बनाउन उक्त प्रतियोगिता आयोजना गर्न लागिएको उपाध्यक्ष उप्रेतीले बताएका छन् ।

दुइदिनसम्म चल्ने उक्त प्रतियोगितामा बिभिन्न स्कुल, क्लब र डोजोका गरी २ देखि ३ सय  प्रतियोगीहरू सहभागिहुने आयोजक संस्थाले बताएको छ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको