१५ प्रतिशत लाभांश पारित गर्दै एनएमबि बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २३ पुस । एनएमबि बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा श्री त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाण्डौंमा पौष २२ गते, बिहीबार सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात् बैंकको चुक्ता पूँजी रु. १८ अरब ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।

दि फिनान्सियल टाईम्स, लण्डनद्वारा यस बैंकलाई सम्मानित गरेको छ । उक्त अवार्ड शेयरधनी महानुभावहरूले समय समयमा बैंकलाई दिनु भएको सुझाव एवं सल्लाह मुताबिक भएको परिणामको रूपमा लिँदै सम्पूर्ण महानुभावहरू प्रति बैंकले कृतज्ञता ज्ञापन गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरी सकेको छ ।

एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको