एमाले जिल्ला अधिवेशन : हल्दिबारीमा कार्यकर्ताले आज यसो गरे (फोटो फिचर)

झापा, २२ पुष । नेकपा एमाले झापाको १० औँ जिल्ला अधिवेशन पौष २३-२४ गते हुने तयारी पुरा भएको एमाले जिल्ला अधिवेशन आयोजकले जनाएको छ । भोलि बाट सुरु हुने १० औँ झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको हो ।

बिर्तामोड-१ चारपानेमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक तयारी पुरा भएको कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिए । १० औँ जिल्ला अधिवेशनमा खुला सभा नहुने जानकारी प्राप्त भएको छ । यस पटकको अधिवेशनमा प्रतिनिधिहरू मात्रै सहभागी हुने छन् । अधिवेशनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको छ । उनले दिएको जानकारी अनुसार अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागी हुने छन् । कार्यालय सचिव ढुङ्गेलका अनुसार अधिवेशन बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने छ । २३ गते र २४ गते दुवै दिनका लागि सोही समय तोकिएको जानकारी प्राप्त भएको छ ।

जिल्ला अधिवेशनको सफलताका लागि हाल्दिबारीका विभिन्न चोक बजार टोलहरूमा वडा कमिटीको आयोजना पार्टी र चुनाव चिन्ह अङ्कित झण्डाको तोरन, पार्टी र चुनाव चिन्ह झण्डा राख्ने कार्यक्रम सम्पन्न गरिएको वडा नं-३ का कार्यालय सचिव अभिषेक खतिवडाले बताएका छन।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको