नेप्सेमा आज उच्च अंकको वृद्धि

काठमाडौं, २२ पुस । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । नेप्से आज ४३ दशमलव २९ अङ्कले बढेर परिसूचक २६ सय ९२ दशमलव ४७ विन्दु कायम भएको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव १६ अङ्कले वृद्धि भएर ५०६ दशमलव १६ बिन्दु पुगेको हो । नेप्सेमा आज २३८ कम्पनीको ४८ हजार १६१ पटक कारोबार भएर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर खरिद बिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको