शुल्कबारे रिपोर्ट दिन शिक्षा मन्त्री पौडेलको निर्देशन, बढी लिएको पाए कारबाही गर्ने चेतावनी  

काठमाडौं, २२ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजलाई २४ घण्टाभित्र शुल्कबारे रिपोर्ट पेस गर्न निर्देशन दिएका छन् । आज विद्यार्थीहरूको गुनासो बारे यथार्थ बुझ्न कलेज पुगेका मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर शुल्क बारे भोलिसम्म रिपोर्ट दिन कलेजलाई निर्देशन दिएका हुन् ।

पौडेलले विद्यार्थीहरूले कलेजले अतिरिक्त शुल्क मागेको बारेमा प्रशासनसँग कुरा गरेका थिए । कलेज प्रशासनले भने विश्वविद्यालयले लिएको रकम मात्र मागेको जवाफ दिएको थियो ।

मन्त्री पौडेलले तोकिएको भन्दा बढी शुल्क लिएमा  कारबाही गर्ने समेत बताए ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको