आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ साउन । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ७ सयले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । वुधबार प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको