नेप्सेमा आज ३० अङ्कको गिरावट हुँदा ४ अर्बको कारोबार

काठमाडौं, २१ पुस । शेयर बजारमा आज उच्च अङ्कको गिरावट आएको छ । नेप्से आज ३० दशमलव ७७ अङ्कले घटेर परिसूचक २६ सय ४९ दशमलव १८ विन्दुमा रोकिएको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६७ अङ्कले घटेर ४९७ दशमलव ३ विन्दुमा थामिएको हो ।

बुधबार नेप्सेमा आज २३६ कम्पनीको ५८ हजार ५७२ पटक कारोबार भएर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँ बराबरको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको