संचारकर्मी सूर्य चन्द तरुण विभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजकमा मनोनयन

- तरुण विभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजकमा संचारकर्मी सूर्य चन्द मनोनयन

काठमाडौँ, ०६ साउन। संचारकर्मी सूर्य चन्द नेपाली काँग्रेस तरुण विभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजकमा मनोनयन भएका छन्।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीले संचारकर्मी चन्दलाई एक कार्यक्रम बीच तरुण विभागमा स्वागत गर्दै मनोनयन पत्र हस्तान्तरण गरेका थिए।

संचारकर्मी सूर्य चन्द विगत २ दशक भन्दा बेसी समय देखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा योगदान गर्दै आएका युवा नेता हुन्।  संचार क्षेत्रलाई राम्रोसंग बुझेका सूर्य चन्दले सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन्।  विभिन्न संघ संस्थामा समेत आबद्ध रहेर काम गर्दै आएका उनी नेपाली सिने उद्योगका लोकप्रिय कलाकार तथा म्युजिक भिडियो निर्देशक हुन्।  युवा नेता सूर्य चन्दले विभिन्न अवार्ड, इभेन्ट, मेला महोत्सवको आयोजना गर्दै युवा वर्गलाई स्वरोजगार बनाउने देखि देशको आर्थिक विकासमा समेत योगदान पुर्याउदै आएका छन्।

तरुण नेता सूर्य चन्दलाई नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको निर्णय अनुसार “प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजक”मा मनोनीत गरिएको नेपाली काँग्रेस तरुण विभाग प्रमुख एवम् पूर्व मन्त्री शंकर भण्डारीले बताएका छन् ।

आफूले पाएको जिम्मेवारी प्रति निष्ठावान् ढङ्गले कार्यसम्पादन गरी पार्टी, सङ्गठन तथा विभाग प्रति पूर्ण बफादार रही तरुणहरूलाई गतिशील बनाउन लागि पर्ने कुरा युवा नेता सूर्य चन्दले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको