राष्ट्रिय सभा सदस्य निर्वाचन हुने, मंगलबार उम्मेदवारी दर्ता

काठमाडौं, १८ पुस । राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि निर्वाचन हुने भएको छ । सभाको निर्वाचन माघ १२ गते हुने भएको हो ।निर्वाचन आयोगका अनुसार मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू हुनेछन् ।

देशभर २ हजार २५ जना मतदाताको संख्या रहेको निर्वाचन आयोगले जनाएको छ । मतदाताको प्रारम्भिक नामावली आयोगले वेबसाइटमा प्रकाशन गरिसकेको छ । आयोगको अनुसार मतदाताको अन्तिम नामावली भने सोमबार प्रकाशित हुनेछ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको