सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, १२ पुस । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार प्रतितोला ९३ हजार १ सय रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्य आज १ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन आज ९२ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

ज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको