नेप्से ९ अंकले घट्दा ७ अर्बको कारोबार,

- यी कम्पनीको सर्वाधिक कारोबार

नेप्से ९ अंकले घट्दा ७ अर्बको कारोबार

काठमाडौं, साउन । शेयर बजारमा आज ९ अंकले गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन आज नेप्से ९ दशमलव १ अंकले घटेर २९ सय ८५ दशमलव ५७ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज ७ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो ११ अर्ब बढीको कारोबार भएको थियो । आज लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्युटी फण्ड, बरुण हाइड्रोपावर र माउण्टेन हाइड्रोपावरको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

आज यी कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

नेप्सेमा आज २१९ कम्पनीको ८४ हजार ४६८ पटक कारोबार भएर ७ अर्ब ८९ करोड ७५ हजार ९४ हजार २६९ रुपैयाँ बराबरको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार सबैभन्दा धेरै लक्ष्मी उन्नति कोषको शेयर मूल्य १०.०४ प्रतिशतले बढेको छ ।  त्यस्तै, लक्ष्मी इक्यिुटी फण्डको पनि१०.०१ प्रतिशतले शेयर मूल्य बढेको छ ।  यसैगरी, बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।

यी कम्पनीको सर्वाधिक कारोबार

शेयर बजारमा आज ९ अंकले गिरावट आउँदा ७ अर्ब ९७ करोड बढीको कारोबार भएको छ । सबैभन्दा धेरै आज अरुण कावेली पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको आज ३८ करोड ८७ लाख बढीको शेयर कारोबार भएको हो ।

यसैगरी, अरुण भ्याली हाइड्रोपावर कम्पनीको प्रतिकित्ता शेयर मूल्य ५१३ रुपैयाँ कायम भई २६ करोड ९८ लाख बढीको कारोबार भएको छ। त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको १ हजार ९५ रुपैयाँ प्रतिकित्ता शेयर मूल्य कायम भई २४ करोड १८ लाख बढीको कारोबार भएको छ ।
एनआइसी एशिया बैंकको २३ करोड ४९ लाख, कृषि विकास बैंकको २२ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको