‘हजारौँ राम्रा काम गर्दा ध्यानाकर्षण हुन गाह्रो’: करिश्मा मानन्धर

काठमाडौं, ५ असार । नेपाली चलचित्र उद्योगको एउटा सफल नाम हो करिश्मा मानन्धर । सदाबहार नायिकाको पहिचान बनाएकी करिश्माले देशका सामाजिक र राजनीतिक घटनाक्रमको बारेमा चासो राख्दै आफ्नो प्रतिक्रिया दिने गर्छिन् ।

उनले दिएको आफ्नो अभिव्यक्तिको कारण समय–समयमा सामाजिक संजालमा सिकार समेत हुने गर्छिन् । चलचित्र क्षेत्रलाई छाडेर गएकी करिश्मा अमेरिकाको लामो बसाइ पछि फर्किएर राजनीतिमा लागेकी थिइन् ।

हाल उनी राजनीतिबाट टाढा छिन् । उनले हजारौँ राम्रा काम गर्दा कसैले चासो नदिने तर सानो गल्ती भएमा सच्चाउन सुझावको ओइरो लाग्ने प्रवृत्तिप्रति आपत्ति जनाएकी छिन् । करिश्माले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘तपाई हजारौँ राम्रा काम गर्नुस् अरूको ध्यानाकर्षण हुन गाह्रो पर्छ । तर, केही गर्दा यस लेख्दा, झुक्किएर एउटा गलत लेख्दा लेख्नुस् त ह्रवाररर सच्चाउने सुझावको बाढी आउँछ । यस्तो किन होला ?’

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको