समृद्धि फाइनान्सको हकप्रद शेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम

- समृद्धि फाइनान्समा अब अनलाइनबाट खाता खोल्न सकिने

समृद्धि फाइनान्सको हकप्रद शेयरमा  बोलपत्र पेस गर्ने आज अन्तिम

काठमाडौं, ५ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २९ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज सिलबन्दी बोलपत्र पेस गर्ने आज अन्तिम दिन हो । असार ३ गतेदेखि १० गतेसम्म विक्री खुला गरेकोमा वितरण हुन नसकेका ११ लाख ३५ हजार ५५८ कित्ता शेयर लिलामी मार्फत विक्रीमा ल्याएको हो ।

शेयर खरीदका न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुनाले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरेर बोलपत्र पेस गर्न कम्पनीले आग्रह गरेको थियो । शेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

समृद्धि फाइनान्समा अब अनलाइनबाट खाता खोल्न सकिने

समृद्धि फाइनान्सले अनलाइन खाता खोल्ने सुविधा थप गरेको छ । कोरोना संक्रमित भएका ग्राहकहरूका लागि फाइनान्सले उपचारमा सहयोग पु¥याउन कोभिड रिलिफ लोन प्रदान गर्ने व्यवस्था गरेको गरेको जनाएको छ ।

फाइनान्सको अनुसार, ग्राहकले अनलाइन एकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्ने छन् । त्यस्तै संस्थाका नयाँ तथा पुराना ग्राहकहरूको उपचार तथा हस्पिटलको बिल भुक्तानी गर्नका लागि ‘गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स’ भन्ने मूल नाराका साथ ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कोभिड रिलिफ लोन उपलब्ध गराउने भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको फाइनान्सले हाल पाँचवटा शाखामार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने जनाएको छ । संस्थाले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको बताएको छ ।

निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको