लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम

काठमाडौं, ५ साउन । लक्ष्मी बैंक लिमिटेडले असार २८ गतेदेखि बिक्रीमा खुल्ला गरेको १० वर्षे अवधिको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिनेछ । बैंकले ८ प्रतिशत ब्याजदरको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । कम्पनीले असार ३१ गतेसम्म बिक्री खुल्ला गरेको ऋणपत्रमा माग बमोजिम आवेदन नपरेपछि साउन ५ (आज) सम्म बिक्री खुल्ला गर्ने बताएको छ ।

बैंकले २ अर्ब बराबरको प्रतिऋणपत्र १ हजार अंकित दरको उक्त ऋणपत्रलाई ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८’मार्फत बिक्री गर्न लागेको जनाएको छ ।

बैंकको अनुसार १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरले बिक्री गर्ने भएको छ भने ८ लाख कित्ता सर्वसाधारणलाई छुट्टाएको छ ।

बैंकको ऋणपत्र खरिद गर्न न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्तासम्म छिटोमा असार ३१ गतेसम्म र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको