युनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं, ५ साउन । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरू गर्न  शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरू क्यापिटलबाट हुने भएको छ । शेयर बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको