यस्तो छ आज सुनको मूल्य

काठमाडौं, ६ पुस । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । मंगलबार सुन प्रतितोला ८ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन पनि आज ८ सयले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको