नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं, ५ साउन । आजदेखि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले आजदेखि ५ सय रुपैयाँ प्रतिकित्ता तोकेर १ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले शेयर खरिदको लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरेर न्यूनतम ५ हजार देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरेको छ ।

शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको अनुसार शेयर बाँडफाँटमा पर्ने लगानीकर्ताहरूले साउन ५ गतेपछि वितरण गरिने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको