सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ पुस । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको अनुसार आज चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको