५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, ५ साउन । आज नेपाली बजारमा सुनको मूल्य ५ सयले बढेको छ । सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तर, चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ । आज प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको