घट्यो सुनको भाउ

काठमाडौं, ४ पुस । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । आज छापावाल सुनको मूल्य ४ सयले घटेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको