नेकपा एमाले निकट भातृ सङ्गठन अनेरास्ववियू मकवानपुरद्वारा विरोध खतिवडालाई लाल गद्दार घोषणा

मकवानपुर सम्वाददाता, 

हेटौँडा, ०४ साउन । नेकपा एमालेका भातृ सङ्गठन अनेरास्ववियू मकवानपुर राष्ट्रिय युवा संघ नेपाल मकवानपुर खेलकुद महासंघ लगायतले हेटौँडाको बुद्ध चोकमा माधव कुमार नेपाल साथै मकवानपुर जिल्लाबाट निर्वाचित विरोध खतिवडाको पुतला दहन गरेका छन् ।

माधव नेपाल समूहले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको तर नेपाली काँग्रेसका सभापतिलाई विश्वासको मत दिई प्रधानमन्त्री बनाएको हुनाले नेपाल समूहको कारबाहीको माग सहित विरोध प्रदर्शन गरेको अनेरास्ववियुका नेता मनिश मान श्रेष्ठले जानकारी गराए ।

कार्यक्रममा अनेरास्ववियू संयोजक विशाल पौडेलले विरोध खतिवडालाई लाल गद्दार घोषणा गरेसंगै कोणसभालाई सम्बोधन गर्दै सर्वोच्च अदालतको सेटिंगको पृष्ठभूमिमा नेपालको संसदीय व्यवस्था भित्र कोतपर्वको झल्को दिने अर्को घटनाको आयोजन गरेको आरोप लगाएका छन् । यस घटनाको आफूले व्याख्या गरेको र अँगालेको दलीय व्यवस्था र संसदीय प्रणालीको हत्या भएको बताएका छन् ।

उक्त कार्यक्रममा भातृ सङ्गठनका नेताहरू चन्द्र शाही, सानू लामा, धर्म लामा, किशन घिसिङ, विशाल पौडेल, समिम खान, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको