कोरोना महामारीले तलब नपाएपछि युवाले राखे मृगौला बिक्रीमा

एजेन्सी । कोरोना भाइरसको महामारीले विश्वभरका धेरै मानिसहरूलाई बेरोजगार बनाएको छ । जागिरकै आधारमा हासीखुशी जीवन बिताउँदै आएका लाखौँ मानिसहरूले जागिरबाट हात धुन परेको छ ।

त्यस्तै  एउटा दुखद समाचार आएको छ । तलब कटौती भएपछि घर व्यवहार चलाउन मुस्किल परेर बसका सह–चालकले ठुलो कदम उठाएका छन् । ३८ वर्षीय हनुमन्थ कलेगारले सामाजिक संजाल फेसबुकबाट आफ्नो मृर्गौला बिक्रीमा भएको घोषणा गरेका छन् । उनले घर खर्च चलाउनकै लागि पैसाको आवश्यक परेको बताउँदै मृगौला बेच्न लागेको जानकारी समेत दिएका छन् ।

भारतीय समाचार अनुसार हनुमन्थले फेसबुकमा आफ्नो मृर्गौला बिक्री गर्ने विज्ञापन दिएका हुन् । उनले कर्नाटकको सरकारी ट्रान्सपोर्ट कम्पनीको बसमा काम गर्थे । हनुमन्थले फेसबुकमा पोस्ट गरे लगत्तै पोस्ट भाइरल भएको थियो । उनको  पोस्टमा लेखिएको छ, ‘उनी ट्रान्सपोर्ट कर्मचारी हुन्, उनले घर चलाउन गाह्रो भएकोले आफ्नो मृर्गौला बिक्री गर्न चाहन्छन्  ।’

उनको पोस्टमा आफ्नो फोन नम्बर पनि दिएका थिए । उनी नर्थ इस्ट कर्नाटक रोड ट्रास्न्पोर्ट कर्पोरेशनमा काम गर्थे । उनले पोस्टमा घरको भाडा तिर्न, सामान किन्न, बच्चाको शिक्षा र आफ्नो आमा बुवाको औषधि खर्चको लागि पैसाको आवश्यकता परेको उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको