जन्मदिनमा प्रियंकाको तस्बिरले सामाजिक संजालमा मच्चायो बबाल

एजेन्सी, ४ साउन । बलिउडकी देसी गर्ल प्रियंका चोपडाले आज (१८ जुलाई)मा आफ्नो जन्मदिन मनाइरहेकी छिन् । आजको विशेष दिनमा प्रियंकाले सामाजिक संजालमार्फत पनि शुभकामना प्राप्त गरिरहेकी छिन् । उनको जन्मदिनको अवसरमा केही बोल्ड र आकर्षक तस्बिर भाइरल भएका छन् ।

प्रियंकाले आफ्ना केही तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा उनी कालो मोनोकिनी लगाएर पुलको किनारमा पोज दिएको देखिन्छ । तस्बिरमा उनले घाम तापेको देखिन्छ । फोटो शेयर गर्दै प्रियंकाले लेखेकी छिन्, ‘अपेक्षालाई बनाउ वास्तविकता । अभिनेत्रीको हेराईले फ्यानहरूलाई आकर्षित भएका छन् । पछिल्लो समय प्रियंका ‘द व्हाइट टाइगर’ देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको