प्रेमिका भन्छिन् ‘सलमान खानको सम्पर्कमा नबस्नु स्वास्थ्यको लागि फाइदा’

एजेन्सी, ४ साउन । बलिउड सुपरस्टार सलमान खानले हालसम्म विवाह गरेका छैनन्, तर केही चर्चित हस्तीहरूसँग प्रेम सम्बन्धमा थिए । पाकिस्तान मुलकी अभिनेत्री सोमी अलीले सलमानसँग ८ वर्ष डेट गरिन् । उनी सलमानको पहिलो प्रेमिका हुन् । उनी १६ वर्षको उमेरमा बलिउडमा आफ्नो करियर बनाउने र सलमान खानसँग विवाह गर्ने सोचले मुम्बई आएकी थिइन् ।

सोमीले सलमान खान प्रेमिको रूपमा पाइन्, तर १९९९ मा उनीहरूको प्रेम सम्बन्ध टुटिसकेको थियो । सोमीले केही अन्तरवार्ताको क्रममा सलमान खानसँगको सम्बन्धको बारेमा खुलेर कुरा गरेकी छिन् ।

सोमीले एक अन्तर्वार्ताको भनेकी छिन्, ‘म पछिल्लो ५ वर्ष यता सलमानको सम्पर्कमा छैन । मलाई आफ्नो जिन्दगी अगाडी बढाउनुपर्छ भन्ने लागेर बढेको छु । सलमान पनि आफ्नै किसिमले अगाडी बढेका छन् ।’

सोमीले अगाडी भनेकी छिन्, ‘मैले १९९९ छाडेपछि सलमानको जिन्दगी कति प्रेमिका आए–आए, उनीहरूलाई शुभकामना दिन्छु ्। मानसिक रूपमा पनि सलमानसँग सम्पर्क नगर्नु नै मेरो लागि फाइदा हो ।’

सोमीले आफ्नो लागि सलमान खान इमान्दार नभएको समेत आरोप लगाएकी छिन् । उनीहरू अलग भएको पनि २० वर्ष पुगेको छ । सोमीले आफूलाई सलमानले धोका दिएको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको