सिभिल बैंकले ल्यायो बीमा सुविधा पाउने दुई निक्षेप योजना

काठमाडौं, ४ साउन । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज दर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरू – सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) संचालनमा ल्याएको छ । बैंकको अनुसार न्यूनतम मौज्दात २५ हजार रहेको “सुपर प्रिमियम बचत खाता”मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित “मेट लाइफ”संगको सहकार्यमा ६ वटा घातक रोगहरू (मेजर क्यान्सर, मेजर स्ट्रोक, पहिलो हृदयाघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)को दुई लाखसम्मको निःशुल्क औषधोपचार बीमा सुविधा प्रदान गर्नेछ ।

साथै निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्ने समेत जनाएको छ ।

त्यस्तै, खुत्रुके खाता (रिकरिंग डिपोजिट)मा अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिंग डिपोजिटहरूमा जस्तै सर्त तथा बन्देजहरू नराखी बचत गर्न चाहने ग्राहकले दुई वर्ष देखि दश बर्ससम्मको अवधि चयन गरेर मासिक न्यूनतम ५ सय देखि माथि संचय गर्दै जानसक्नेछन् ।

बैंकको अनुसार कुनै महिनामा कुनै कारणवश जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफूले निर्धारण गरेको समय सीमा पश्चात् साँवा तथा ब्याजको एक मुष्ठ भुक्तानी पाउनेछन् ।

अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज प्रदान गरिनेछ । केहिगरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा संचित रकम को ७० प्रतिशत ऋणमा नै बिना झन्झट रकम निकाल्न सकिन्छ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको