फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ साउन । केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य थपघट हुँदै आएको छ । आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ९२ हजार १ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । यसैगरी, चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको