हेटौँडामा अन्तरपालिका फुटबल प्रतियोगिता

मकवानपुर, १९ मंसिर। मकवानपुर जिल्ला समन्वय समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा अन्तरपालिका फुटबल प्रतियोगिता सुरु भएको छ  प्रतियोगितामा मकवानपुर जिल्ला भरिका १० ओटै पालिकाहरूको सहभागिता रहेको छ।

अन्तरपालिका फुटबल प्रतियोगिताको पहिलो खेल हेटौँडा उपमहानगरपालिका र मनहरी गौपालिका बीच भएको थियो जसमा हेटौडा उपमहानगरपालिकाले पेनाल्टी सुटाउटमा जित हासिल गरेको थियो भने म्यान ओफ दी म्याच हेटौडाका गोल रक्षक सफल तिमलसिना भएका थिए।

आज भने बकैया गाउँपालिका र कैलाश गाउँपालिको बीच भएको खेलमा बकैया गाउँपालिकाले ९ गोल अन्तरले जित हासिल गरेको छ। बकैयाको जितसँगै क्वाटरफाइनल खले हेटौडा उपमहानगरपालिका र बकैया गौपालिका बीच हुने भएको छ ।

अन्तरपालिका फुटबल प्रतियोगिता नेपालमै पहिलो पकट जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्ला समन्वय समितिका अध्यक्ष रघु खुलालले उद्घोष गर्नु भयो उद्घाटन सत्रको अध्यक्षता जिल्ला खेलकूदविकास समितिका अध्यक्ष सानु कुमार लामाले गरेका थिए भने प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष रघु खुलाल रहेको थियो।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको