एनएमबि बैंकका ग्राहकलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राब र किरानामा क्यासब्याक

काठमाडौं, २८ असार । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरूले फुडमाण्डु लगायतका स्टोरहरूमा विद्युतीय भुक्तानी गरी समान खरिद गर्दा क्यासब्याक पाउने भएका छन् । दुई कम्पनीबिच आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय समझदारी गरेको हो ।

बैंकको अनुसार ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा ५०० सम्म क्यास ब्याक प्रदान गर्ने भएको छ ।

बैंकले आफ्नो सेवाहरू वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको