३४ वर्षीया  महिलाको शव फेला

महोत्तरी, १५ मंसिर । महोत्तरीमा एक महिलाको शव फेला परेको छ । लोहारपट्टी नगरपालिकाकी ३४ वर्षीया स्थानीय रुबी मण्डलको शव मंगलबार राति मृत अवस्थामा फेला परेको हो ।

उनका श्रीमान् सुरेन्द्र मण्डल कामको सिलशिलामा भारतमा छन् । मृतकको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।  रुबीको हत्या भएको हुनसक्ने भन्दै शव घटनास्थलमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको