दलाल पूँजीवादीहरुसगँ मिलेर वलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप नेता मेटमणी चौधरी 

परासी, १५ स्मंसिर । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीेले केपी ओली ससंद र कम्युनिस्टको हत्यारा भएको बताएका छन् । पार्टीको नवलपरासी जिल्ला भेला तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुईदुई पटक ससंदको विघटन गर्दै कम्युनिस्ट आन्दोलन समाप्त पार्ने काम गरेकाले केपी वली ससंदसङै कम्युनिस्ट पार्टीको हत्यारा भएको दाबी गरे । उनले २००६ सालमा ४ जनाले दर्ता गरेको कम्युनिस्ट पार्टी २०७४ सालमा दुईतिहाई नजिक पुगेपछि दलाल पूँजीवादीहरुसगँ मिलेर ओलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप लगाए । आगामी निर्वाचनमा केपी वली कम्पनीले मत माग्ने अधिकार समेत गुमाएको चौधरिले बताए । जनताले दिएको दुईतिहाई नजिकको जनमतलाई कुल्चेर २ पटक संसदको विघटन गर्ने अ‍ोली कम्पनीले आगामी निर्वाचनमा पनि भोट दिनुस् हामी ससंद विघटन गरेर देखाउँछौ भनेर भोट माग्न आउलान् त उनले प्रश्न गरे ।

उनले ओलीले कम्पनीले चुनाव चिन्हले पहिलो पाटी बन्ने सपना सपनामै सीमित हुने बताए । चिन्हले पहिलो पाटी बन्ने भए नेपाली काङ्ग्रेस सधैँ पहिलो पाटी हुनुपर्ने हो उनले भनेञ किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पाटीहरू पहिलो भए, के निर्वाचनमा चिन्हको कारण होत रुझ एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चौधरिले केपी शर्मा ओलीमा  राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले आफूहरूले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे । केपी ओलीको दम्भको कारण विद्रोह गरेर निर्माण भएको एकीकृत समाजवादी पार्टीले नेपालका कम्युनिस्ट पार्टीहरूको नेतृत्व गर्ने दाबी गरे । केपी ओली कम्पनी पार्टीले अगामी निर्वाचनमा दस वटामात्रै निर्वाचन क्षेत्रमा जितेर देखाउन चौधरिले चेतावनी दिए । हिजोको एमाले पार्टी नभएर अहिले केपी ओली पार्टी भएको छ भने

घाट जाने बेलमा मान्छे जुन अवस्थामा हुन्छ अहिले केपी केपी ओली पार्टी त्यही अवस्थामा पुगेको ठोकुवा गरे । उनले भरखरै चितवनमा सम्पन्न महाधिवेशन कुनै राजनीति पार्टीको नभएर वली अधिवेशन भएको बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, केन्द्रीय सदस्य बृहस्पति अधिकारी, जिल्ला सचिवालय सदस्य सरिता पौडेल युवा सघं केन्द्रीय सदस्य प्रकाश भट्टराई लगायतले बोलेको पार्टीका जिल्ला सचिव कुमार आले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको