कामना सेवा विकास बैंकको थप दुई शाखा विस्तार

काठमाडौं, १५ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा नं १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरू संचालनमा ल्याएको हो ।

बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रूपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेका कार्यालयको पुनर्निर्माण सम्पन्न गरी बैंकका अध्यक्ष सुदीप आचार्यले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

सोसियल मिडिया बैंकिङ, इनटरनेट बैंकिङ, एसएमएस बैंकिङ जस्ता डिजिटल माध्यमहरूबाट समेत ग्राहकहरूलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटिएम मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको